भानु मा.बि पहारिलोटारमा आजबाट कानुन बिषयको पढाइ सुरु

Posted by

सुदिप देवकोटा
चितवन,पार्वतिपुर २०७६ साउन ५ –

भरतपुर महानगरपालिका वडा न २१ पहारिलोटारमा अवस्थित भानु मा.बि ले आज बाट कानुन तथा शिक्षा बिषय अध्यापन सुरु गरेको छ । बिधालय परिसरमा एक बिशेष कार्यक्रमको आयोजना गरि जानकारि गराइएको हो । विधालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि चितवन जिल्ला अदालतका न्या्यधिस वासुदेव न्यौपाने रहनु भएको थियो त्यसै गरि बिषेश अथितिमा चितवन जिल्ला बार एसोसियसनका पुर्व अध्यक्ष मोतिलाल देवकोटा रहनु भएको थियो । त्यस्तै बिशिस्ट अतिथिमा भरतपुर २१ का वडा अध्यक्ष चित्रसेन अधिकारि रहनुभएको कार्यक्रमका प्रमुख अथिति चितवन जिल्ला अदालतका न्या्यधिस वासुदेव न्यौपाने व्यानर पढेर शुभारम्भको घोषणा गर्नु भएको थियो । साथै उहाले नेपालमा वकिलको कमि भइरहेको अवस्थामा भानु मा.बि ले कानुन बिषय अध्यापन सुरु गरेको प्रति खुशि प्रकट गर्दै सफलताको शुभकामना पनि दिनु भएको थियो ।


त्यस्तै जिल्ला बार एसोसियसनका पुर्व अध्यक्ष मोतिलाल देवकोटाले मन्तव्य दिदै कानुन अनुभव, अवसर र आत्मनिर्भर हुन सक्ने र व्यक्तिगत जिबनको लागि सर्बोत्तम बिषय भएको भनाइ राख्नु भयो । आज सम्म भानु मा.बि मा कानुन बिषय अध्यन गर्नको लागि विभिन्न ठाउबाट गरि २३ जना बिधार्थिहरुले भर्ना गरिसकेको र करिब १८ जनाले भर्नाको लागि फारम लगेको विधालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप न्यौपानेले जानकारि दिनुभयो । साथै बिधालयले आजबाट नै कक्षा ११ मा शिक्षा बिषयको पनि अध्यापन सुरु गरेको छ ।