भारतमा कोरोनाबाट एकै दिन दुई हजार भन्दा बढीको मृत्यु

Posted by

असार ३, २०७७ काठमाडौं :  कोरोना भाइरसको संक्रमणका कारण छिमेकी मुलुक भारतमा हिजो एकैदिन २ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ।  हिजो मात्रै ११ हजार १ सय ३५ जना थप संक्रमित फेला पर्दा २ हजार ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। भारतमा हालसम्म ३ लाख ५४ हजार १ सय ६१ जनामा कोरोना संक्रमण पूष्टि हुँदा, त्यहाँ हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय २१ पूगेको छ।  यस्तै ब्राजिलमा हिजो एकैदिन थप १३ सय ३८ जनाको कोरोना संक्रमणको मृत्यु भएको छ भने त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या झण्डै ४५ हजार पुगेको छ। ब्राजिलमा हिजो मात्रै ३७ हजारबढी नयाँ संक्रमित फेला परेका छन्। कोरोनाका कारण सबैभन्दा प्रभावित बनेको अमेरिकामा २२ लाख ८ हजार बढी संक्रमित हुँदा हालसम्म ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार १ सय पुगेको छ। अमेरिकामा हिजो मात्रै थप ८ सय ४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।