भारतमा कोरोनाबाट रेल राज्यमन्त्री सुरेश अंगडीको मृत्यु

Posted by


८ आश्विन बिहीबार एजेन्सी। भारतका कोरोना संक्रमणका कारण केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको मृत्यु भएको छ ।

६५ वर्षीय अंगडीको दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेप्टेम्बर ११ मा एम्स अस्पताल भर्ना गरिएको थियो ।

कर्नाटकका निवासी उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।