भारतमा गर्भवती हात्तीको मृत्यु प्रकरणबारे छानबिन थालियो

Posted by

एजेन्सी शुक्रबार, २३ जेष्ठ, २०७७। भारतको केरलामा गर्भवती हात्तीको मृत्यु प्रकरणबारे अनुसन्धान थालिएको छ ।

बिस्फोटक पदार्थसहितको भूँकटहर खाएपछि गर्भवती हात्तीको मृत्यु भएपछि वन अधिकारीले अनुसन्धान थालेका छन् ।

घटनाका सम्बन्धमा एक वन अधिकारीले सामाजिक सञ्जालमा जानकारी पोस्ट गरेका थिए । त्यसपछि हात्तीको मृत्युलाई लिएर आक्रोश बढेको छ ।

भूँकटहरमा कसले बिस्फोटक पदार्थ राख्यो भन्ने विषयमा केही खुलाइएको छैन । बिस्फोटपछि गम्भीर घाइते भएको हात्तीले धेरै दिन गम्भीर पीडामा बिताएर ज्यान गुमाएको समाचारमा जनाइएको छ ।

हात्तीको हत्यामा संलग्न भएको आशंकामा तीन जनामाथि निगरानी बढाइएको छ । दुई जनासँग सोधपुछ भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

तर हालसम्म कसैलाई पनि औपचारिक रुपमा पक्राउ गरिएको छैन । केरलाको वन विभागले यसअघि हात्तीको मृत्युको सम्बन्धमा ठोष प्रमाण फेला नपरेको बताएको थियो ।

किसानले जंगली बंदेलबाट बाली जोगाउन पासोका रुपमा बनाएको पिग क्र्याकर भनिने बिस्फोटक पदार्थ युक्त भूँकटहर हात्तीले खाएको हुन सक्ने अनुमान गरिएको छ ।

भारतमा हाल २७ हजारको हाराहारीमा जंगली हात्ती छन् । यस्तै २५ सय हात्ती घरपालुका रुपमा रहेका छन् ।