भारतले पठायो पत्र : सीमा समस्या समाधान गर्न तयार

Posted by

मंगलबार, ८ पुष, २०७६ काठमाडौं । भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ ।

भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले विरोधमा कूटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्तावसमेत गरेको थियो ।

नेपालको पत्रलाई एक महिनापछि भारले ‘रेस्पोन्स’ गरेको हो ।

यसै साता नेपालस्थित भारतीय दूताबासमार्फत सरकारलाई सम्बोधन गर्दै पठाएको पत्रमा ‘कालापानी–सुस्ता क्षेत्रको समस्या सल्टाउन भारत तयार रहेको’ उल्लेख छ । 

बार्ताका लागि नेपालले यसअघि मितिसहितको प्रस्ताव गरे पनि भारतले पठाएको पत्रमा मिति उल्लेख छैन ।

पत्रमा ‘आपसी समझदारीमा उपयुक्त तिथिमा बार्ता गर्ने’ ब्यहोरा छ । -कान्तिपुर दैनिकबाट