भारतीय प्रहरीले नेपाली भूमीमा सडक बनाउन दिएन, सिमामा तनाव

Posted by

कञ्चनपुर, माघ १५ –
भारतीय सिमा सुरक्षा बल एसएसवीले नेपाली भूमीमा बनाउन लागेको सडक निर्माणमा अवरोध गरेपछि कञ्चनपुरको बेलौरीमा तनाव भएको छ ।बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली पक्षले सडक ग्राभेलिङ गर्ने क्रममा भारतीय प्रहरीले रोकेपछि अहिले नेपाली पक्षले सिमा क्षेत्रमा नाराबाजी गरिरहेका छन् ।उनिहरुले नेपाली भूमीमा सडक बनाउन नदिने भारतीय प्रहरीका विरुद्ध नारावाजी गरिरहेका छन् । दशगजा क्षेत्रमा सडक बनाउन नपाइने नियम अनुसार नै रोकिएको भारतीय पक्षको दावी छ भने दशगजा क्षेत्र भन्दा १५ मिटर वरै आएर एसएसवीले हस्तक्षेप गरेको नेपाली पक्षको आरोप छ । सिमा क्षेत्रमा थप तनाव हुन नदिन पर्याप्त सुरक्षकर्मी खटाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले उज्यालोलाई जानकारी दिनुभयो ।अहिले विवाद मिलाउन नेपाली र भारतीय पक्षविच वार्ताको तयारी भैरहेको पनि उहाँले जानकारी दिनुभयो । सडक निर्माणकै क्रममा पोहोरसालको चैतमा झडप हुँदा भारतीय प्रहरीले चलाएको गोली लागेर पुनर्वासका गोविन्द गौतको ज्यान गएको थियो । विगतका जस्तै घटना नदोहोरियुन भनेर सुरक्षा व्यवस्था कडा बनाइएको पनि प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।