भारतीय ब्याट्सम्यान अम्बाती रायडुले गरे क्रिकेटबाटै संन्यास घोषणा

Posted by

असार १८, २०७६ – भारतीय मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायडुले बुधबार अन्तराष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। उनले बिसिसिआईलाई चिट्ठी लेख्दै क्रिकेटका सबैखाले फर्मयार्टबाट सन्न्यास लिएको घोषणा गरेका हुन्। रायडुलाई विश्वकपमो १५ सदसिय टिममा छनोट नगरिएपछिनै उनी असन्तुष्ट रहँदै आएका थिए। विश्वकप स्क्वाडमा रायडुलाई रिजर्व मा राखेर युवा अलराउन्डर विजय शंकरलाई मौका दिएको थियो। शंकरलाई टिममा चयन गर्दा छनोटकर्ताले थ्री डि प्लेयर अर्थात् बलर, ब्याट्सम्यान र फिल्डर सबै क्षमता रहेको दाबि गरेका थिए। उनको यो दाबिलाई रायडुले ट्वीट गर्दे विश्वकप देख्न आफुले थ्री डी चस्मा खरीद गरेको सटायर हानेका थिए। रायडुले ५५ एकदिवसीय खेलमा ४७.०५ को औसतमा १६९४ रन बनाएका छन्। यसमा उनले तीन शतक र १० अर्धसतक प्रहार गरे। रायडुले ६ अन्तराष्ट्रि टी–२० खेलमा १०.५० को औषतमा ४२ रन बनाएका थिए । यद्धपि उनलाई टेस्ट खेल्ने मौका भने मिलेन।