भोजपुरका एक जनामा पनि कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो

Posted by

शुक्रबार, १२ बैशाख, २०७७ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ ।

बिहीबार पुनः कोभिड–१९ को परीक्षणका क्रममा भोजपुरका २६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

उनले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोभिड–१९ को संक्रमण देखिएको अधिकारीले बताए ।  सङ्क्रमितलाई आइसोशनमा राखिएको छ ।

ती पुरुष गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् । यसअघि बिहीबार नै दुई जनामा सङ्क्रमण देखिएको थियो ।

जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा सङ्क्रमण देखिएको थियो ।