भोलीदेखि पाचौं चितवन च्याम्पियनसिप सुरु हुदै, खेलकुद मन्त्री जगतले उद्धघाटन गर्ने

Posted by

चितवन, २३ जेठ । चितवनको भरतपुरमा हुने पाचौँ चितवन च्याम्पियनसिपको तयारी पुरा भएको छ ।
एभरेष्ट क्लब भरतपुरले प्रत्येक वर्ष आयोजना गर्दै आएको चितवन च्याम्पियनसिपको पाँचौँ संस्करणको सबै तयारी पुरा भएको क्लबक अध्यक्ष अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । खेल प्रबद्र्धन र स्थानीय प्रतिभा प्रस्फुटनका निम्ति प्रत्येक वर्ष च्याम्पियनसिप आयोजना गरिदै आएको देवकोटाले बताए ।

जुनियर अधिकृत शिक्षालय ( प्रहरी तालिमकेन्द्रं को खेल मैदानमा भोली ३ ः ३० बजे नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माको प्रमुख आतिथ्यतामा उद्धघाटन गर्ने कार्यक्रम तय भएको एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए ।

‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीय सहित १६ टिमले प्रतिस्पर्धा गर्न लागेका छन् ।

प्रतियोगिताको विजेताले हनामी पाँचौँ चितवन च्याम्पियनसिपसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछ ।
सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १० १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिनेछ ।
असार ७ गतेसम्म चल्ने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन रहेको छ । प्रतियोगिताको सहप्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । सो प्रतियोगितामा दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि, नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेको छ ।
प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लाग प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने यसअघि नै जनाईसकेको छ ।