भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्ने उद्देश्यले भरतपुर–मेघौली साइकल र्‍याली

Posted by

भरतपुर, २० माघ
भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्ने उद्देश्यले चितवन साइकल राइडर्स क्लवले नारायणगढबाट पर्यटकीय क्षेत्र मेघौलीसम्म साइकल र्‍याली निकालेको छ । आइतबार अपरान्न नारायणगढबाट सुरु भएको साइकल र्‍याली साँझ मेघौली पुगेको थियो ।


क्लवका सचिव धर्मराज सापकोटाका अनुसार सोमबार विहान मेघौलीमा साइकल अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यशाला गरिदैछ । कार्यशालामा महानगरपालिका तथा अन्य क्षेत्रमा साइकल लेन बिस्तारलगायतका विषयमा छलफल हुनेछ । वातावरण, स्वास्थ्य र पर्यापर्यटनको दिगो विकास र दीर्घकालीनरुपमा प्रदुषणमुक्त समाज निर्माणगर्ने उद्देश्यका साथ क्लवले चितवनमा विभिन्न गतिविधिहरु गर्दै आएको अध्यक्ष नविन खरेलले बताए ।

कार्यशालामा क्लवका सल्लाहकार सहनलाल प्रधान, निरञ्जन प्रधान, क्लवका पदाधकारी तथा साइकल अभियान्ताहरुको सहभागिता रहनेछ । कार्यशालाको स्रोत व्यक्तिकारुपमा रसिक प्रधान रहनेछन् ।