मंगलपुरमा हाइसको ठक्करबाट पैदलयात्री घाइते

Posted by

२०७६ फागुन २ शुक्रबार, चितवन :  मंगलपुरमा सवारी साधनको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । भरतपुर १५ मंगलपुर स्थित भित्री सडक खण्डमा रामपुर बाट नारायणगढ तर्फ आउदै गरेको बा३ख ८७५५ नं. को हाईसले बिहिबार राती ९ :  १५ बजेको समयमा ठक्कर दिदाँ सोही स्थान बस्ने बर्ष ५५ को पैदलयात्री मिनि गिरी घाइते भएका हुन् । उनको नयाँ मेडिकल कलेज भरतपुर अस्पतलामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने सवारी र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।