काठमाडौं, चैत १० । सरकारले मंगलबार बिहानदेखि देशैभर ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता देशैभर लकडाउन गर्ने निर्णय गरेको जानकारी सोमबार सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले दिएका हुन् ।
सकारको निर्णयअनुसार लकडाउन अवधिभर कोही पनि घरबाहिर निस्कन पाउने छैनन् भने सबैखाले सवारी–साधन पनि बन्द हुनेछन् ।
आन्तरिक उडानसमेत रोकिने छ ।
अत्यावश्यकबाहेकका निजामती तथा निजी क्षेत्रका कार्यालयहरु पनि बन्द रहनेछन् ।
सुरक्षाकर्मी, स्वास्थ्य कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीमात्र हिँड्डुल गर्न पाउनेछन् । सञ्चारमाध्यमलाई पनि अवरोध हुने छैन ।
फ्रान्सबाट आएकी एक युवतीमा ‘कोरोनाभाइरस पोजेटिभ’ देखिएपछि सरकारले कठोर निर्णय लिएको हो ।