मकवानपुरको मनहरीमा दुईवटा ट्रक ठोक्किदा दुवै ट्रकका चालक घाइते

Posted by

MAY 28, 2019

मकवानपुर,जेठ १४ ।
मकवानपुरको मनहरी गाँउपालिका ६ सुनाचरीमा आज बिहान दुईवटा ट्रक आपसमा ठोक्किदा दुईजना घाइते भएका छन् । हेटौंडाबाट नारायणगढतर्फ आउँदै गरेको चिनी लोड भएको ना ६ ख ५४७ नम्बरको ट्रक र सिमेन्ट लिएर विपरीत दिशाबाट जाँदै गरेको ना ३ ख ७५९२ नम्बरको ट्रक आज बिहान ५ बजे आपसमा ठोक्किएका हुन् । दुर्घटनामा घाइते भएका ५४७ नम्बरका ट्रकका चालक पर्साको विरगंज महानागरपालिका–२ का ३५ वर्षीय भुपेन्द्र कुमार यादव र अर्का ट्रकका चालक झापाको कन्काई ८ का ४८ वर्षीय भक्त गिरीलाई उपचारको लागि चितवनतर्फ ल्यार्एइएको छ । घाइतेमध्ये यादवको अवस्था गम्भिर रहेको छ ।