मकैबारीमा चौधरीको लाश भेटियो

Posted by

  

चितवन,जेठ ८ -बुधबार बिहान भरतपुर महानगरपालिका वार्ड नम्बर ५ तोरिखेतमा अन्दाजी ६० बर्षको राम कुमार चौधरीको लाश भेटिएको छ । तोरिखेत स्कुल पछाडी मकै बारीमा चौधरीको लाश भेटिएको हो ।

सोहि वार्डको नारायणपुरमा बिगत ८-१० बर्ष देखि टेक्टर चलाएर बस्ने चौधरी चार दिन देखि हराएका थिए ।मदन बहादुर क्षेत्रीको घरमा टेक्टर चलाएर बस्ने चौधरीको अत्यधिक रक्सीको कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । क्षेत्रीले चौधरीको घर पुर्बी चितवनको सुल्ताना भएको बताए ।

मृतकको अबस्था हेर्दा केहि दिन अघि नै मृत्यु भएको र घामले शरीरको भाग डड्नुको साथै गलेको पनि छ । वार्ड नम्बर ५ वार्ड अध्यक्ष पदमपाडी सुबेदीले चौधरीको लाशको अबस्था हेर्दा उनि बढी नै रक्सि खाने भएकोले रक्सिको कारणले मृत्यु भएको हुन सक्ने बताउनु भयो । अध्यक्षले प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरि सकेको हुनाले सत्य कुरा छिट्टै बाहिर आउने बताउनु भयो ।