बिहीबार १९ भाद्र चितवनः मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामना केवलकार यही भदौ २२ गतेदेखि पाँच दिनसम्मका लागि बन्द हुने भएको छ ।
उक्त केबलकार २६ गतेसम्म मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो ।
मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।