मन्त्रालय क्यान्टिनको परौठा,बसामाडीमा चिवेरूझाई र मनहरीको माछा

Posted by

नियात्रा
असोज ७ गते मङ्गलबार बिहान करिब आठ बज्दै थियो। रेडियो प्रभाव का सहकर्मी सुर्य टुप्लुक्क मेरो निवास धनौजी आइपुगे ।म बिहानको ब्याडमिन्टन खेल सकेर नुहाई धुवाई गरि नास्ता खाई सकेको थिएँ।अघिल्लो दिन नै यात्राको समय तय गरिएकोले म पनि तयार भैसकेको थिएँ ।
सेतो सोलमा कालो जुत्ता, निलो जिन्स पाइन्ट र सेतो सर्ट माथि निलो आउटर मा गोरो बर्णको सुर्य चकलेटी देखिएका थिए ।उसोत पातलो कैलो जुङा र नरम लरक्क परेको कपाल कम आकर्षक थिएन ।
ठिक आठ बजे घरबाट यात्रा प्रारम्भ गरिएयो।आकाश कालो थियो, दशैं लाग्न थाल्दा पनि मौसम बदली भएको थियो ।एउटै बाईकमा जाने सल्लाह भएको र बर्षादी आ आफ्नो लाने भने पनि मैले एउटैबाट काम चलाउँला खासै ठूलो पानी नपर्ला नि भन्ने अनुमानका साथ हुँकियौ गन्तव्य तिर।
गीतानगर , गौरीगञ्ञ हुदै वरण्डावारको जङ्गललाई दाहीने पारेर चलिरह्यौ।केहीबेरमै पूर्व पश्चिम राजमार्ग संग जोडिएको गोन्द्र्याङ गेटमा पुगियो।

लेखक अपिल घिमिरे
लेखक अपिल घिमिरे


अब भने चितवनका भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिकामा, , खैरहनी,राप्ती नगरपालिका छिचोल्दै मकवानपुरको मनहरी गाउँपालीका हुदै हेटौंडा उपमहानगरपालिका तर्फ सोझै हानिनु थियो ।
८ः४० मा टाँडी बजार, कटियो। सुर्य को आफ्नै बाईक । तेल देखाउने सुईले आफ्नो काम गरेको थियो तर मिटर तीरको सुई शुन्य भन्दा माथि देखाएको थिएन ।बाईक कण्डिशनको थियो तर तीव्र वेगको कारण मेरो मन त्यति नियन्त्रित थिएन । अलि डराएको भनि भन्न मन लागेन र चुप थिएँ। दाहिने हातको एक्सीलेटर डाउन हुने छाँट थिएन। पर्सा कटेपछी एउटा ट्रक ओभरटेक गर्दै गर्दा अगाडिपट्टी आउँदै गरेको बोलेरोलाइ साईड दिएर हामी हाम्रो साइडमा जान खोज्दा अनियन्त्रित भईयो तर लडिएन ।अब भने बल्ल मुख खोलें र बिस्तारै गयौ।
लदरी खोला आसपास लहलह धानका बाला झुलिसकेका रहेछन। एकदर ले फाँटै भरी धान ले शिर नुघाएका पाइयो। तरकारी खेती लागी होला शायद छिटै धान रोपोएको।
वीरेन्द्रनगर पुग्ने बित्तिकै ठूलो फोहोरको थुप्रो मा आँखा पर्यो नगरपालिका को साधन पर्खिएको होला फोहोरले दुइ चार वटा कागले केही खोतली रहेका थिए ।
लगत्तै सोही ठाउँ नजिक ठूलो क्षेत्रफलमा जग्गा प्लटिङ गरि बाँझो लडाइएको ठाउँमा मेरा आँखा पुगे ।
त्यस्तै 8:50 मा भण्डारा कट्यौं। मारतल खोला नजिकैबाट हाम्रो अगाडि पहाड देखियो । हरियो रूखले ढपक्क ढाकियो पहाडले सेतै कपासको टोपी लगाएको थियो। मलाई अलि चिसो बढ्दैछ भन्ने आभास हुन थाल्यो।मलाई यात्रा गर्न मन पर्छ त्यसैले प्रकृतीका सबै तत्व र तीनका गतिविधिलाई मज्जाले नियाल्ने गर्छु।उसले दिने चुनौतीलाई सामना गर्न पाऊँदा कम्ता रमाईलो हुन्न र?
नेपाल को पूर्व पश्चिम जोड्ने राजमार्ग लमतन्न सुतेको थियो।मालबाहक ट्रक र स्थानीय रूटमा चल्ने केही गाडीर फाटफुट मोटरसाइकल मात्र देखिए।

बजार क्षेत्रमा दायाँबायाँ कतै ढल थिए भने कतै पानी जमेको रहेछ । पेट्रोल पम्प, कबाडी संकलन ,स साना रेष्टुरेन्ट,र ग्यारेज राजमार्गमा अलि बाक्लै भेटिन्छन् ।
चिसो सिरेटो ले कान कठ्याईसकेको रहेछ । गोजीबाट रूमाल झिकेर कान छोपी टाउको पछाडि लगेर कसें।
९ बजे लोथर पुल पुग्यौ।सडकको देब्रे पट्टी साधन पार्किङ्ग गरि लेमन टि खाइयो।चिया आधा मात्र खाएँ।सुगर नभए पनि म गुलियो कम खान्छु त्यसैले। चिया पसलमा केराका घारी र सुकाएका माछा झुँडाएर राखिएको देखिन्छ ।
मनहरी खोलालाई दाहीने पार्दै जाँदा फरक फरक माहोल भेटियो ।खोलाको तीरमा बाक्ला बस्ती थिए शायद सुकुम्बासी वस्ती पो हुनकी।शिमल र शिशौघारी भित्र टीनको छाना लगाएका छाप्रा हरू थिए ।राजमार्गबाट हेर्दा सेतै फूलेका काँसघारी ले छाप्रा हरू छेकिन्थे।
मनहरी पुलबाट करिब दुई किलोमिटर बाटो पिच भए पनि कालेपत्रे डाँडो र खाल्डो परेको अनियमित ज्याने उफार्ने।
प्रभाव मिडिया प्रा.लि.को महत्वपूर्ण काम ले तीन नम्बर प्रदेशको राजधानी हेटौंडा जानुथियो। आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चार रजिष्ट्रार को कार्यालयमा हो हाम्रो काम।
मन्त्रालयका रजिष्ट्रार रेवतीरमण सापकोटा संग दुई दिन अघि नै सम्पर्क थियौ ।उहाँले हामीलाई दश बजे भेट्ने गरि सल्लाह दिनु भएको थियो ।


ठिक १०ः१० बजे हेटौंडा बजार पुग्यौं।म पूर्व तिर को यात्रा गर्दा संधै खाना खाने ठाउँछ त्यहाँ।हामी पुग्न पर्ने मन्त्रालय त्यही भोजानालय हुदै जानु पर्छ ।सोचे काम सकिएर खाना खाउँला।त्यसै गरियो।
आन्तरिक मामिला तथा कानुन मन्त्री शालिग्राम जमरकट्टेल र सचिव विनोद सिंह (चितवनमा सिडियो भैसकेका)दुवै जना फिल्ड अवलोकन का लागी हात्ती सुँढ जानुभएको रहेछ ।तर हाम्रो काम चाँही रजिष्ट्रार कार्यालयमा भएको ले त्यतै लाग्यौ ।
छैटौ तहका अधिकृत चितवन गौरीगञ्ञ का पर्शुराम खनाल ,सातौ तहका अधिकृत रामेछापका सुरेन्द्र कार्की हाम्रो काममा लागिहाले।
कतिपय अधिकार प्रदेश सम्म आईपुगेको, नयाँ बनेको ऐन ब्याखा पनि पुरा भै नसकेकोले हाम्रो मिडिया नविकरण काममा पनि अप्ठ्यारो आयो निकैबेर को कानुनी छलफल र सोधखोज पछि अधिकृत कार्कीले गाँठो फुकाएर ल्याए ।
हेटौंडा को राष्ट्रिय बाणिज्य बैंक मा राजस्व राखिरहेको गरीयो।
कार्यलय फर्केर नविकरण प्रमाण पत्र लिनुथियो। मन्त्रालयको कोठामा छिर्न लाग्दा चितवनका रेडियो पत्रकार रमेश पौडेल भेटिए।उनि पनि सोही कामले पुगेका थिए ।
प्रमाणपत्र लिन केही समय लाग्यो ।बिचमा सुरेन्द्र कार्की ले एक एक कप ब्ल्यक टी मगाए।
केही बेर लाग्ने भएकाले मन्त्रालयको क्यान्टिनमा गाएर परौठा एक एक वटा खाईयो अलिकति भोक मेटाइयो। यतिबेला तीन बजी सकेको थियो।रेडियो प्रभाव राम्रै सुनिनेरहेछ हेटौंडामा ।क्यान्टिनमा खाजा खादै गरेका मन्त्रालय का कर्मचारी ले बिहान को जीवन जीउने कला सुन्ने गर्दा रहेछन् ।

३ः१५ मा प्रमाणपत्र हात परियो काम सकियो।कानुनी जटिलतालाई हल नगरेको भए दोहोर्‍याए जानुपर्थ्यो।
सरासर खाना खान भनि भोजनालय पुग्दा भित्र पट्टी लामो बेञ्चमा बसेर मोबाइल चलाएका केटाहरूले खाना सकिएको बताए ।होस पनि कसरी त्यस बेलासम्म ।
अनि हुँकियौ चितवन तर्फ।बाटोमा कतै नास्ता गर्ने सोच बन्यो ।
आकाश ले खराब चेतावनी दिई रहेको थियो। हेटौंडा चिसिएको थियो।
प्रतिकूल अवस्थालाई स्वीकार्दै अघि बढियो । दुई किलोमिटर वर आएपछि पानी छिटाउन थाल्यो।एउटा थकाली भान्सा घरमा पसेको त्यती मन सुभेन र पसेर निस्किहाल्यौ।केही खाइएन।
बसामाडी पुग्दा पानीले राम्रो चुट्न शुरू गर्यो । मात्र एऊटा वर्षादी थियो।
अलिअलि रोकिन्छ हामी हिड्छौ,फेरी पानी पर्छ। हामी घरि ओतिदै घरि रुझ्दै अघि बढ्यौ। वरीपरी ओत लाग्न नमिल्ने ठाउमा त चिवेरूझाई भइयो। दुवै जना रूझियो। अगाडि बाट बाछिटो आएकोले मलाई भन्दा सुर्यलाई धेरै चुटूयो पानीले।

मनहरी आइपुग्दा पानी पुरै बन्द भैसकेको थियो । भोक ऊस्तै,भिजेको कपडा र शरिर ।मनहरी का रेष्टुरेण्टमा झुँडाएर राखेका स्थानीय प्रजातिका माछ।
त्यहीँ रोकियौ र तारेको र ग्रेभी माछा खाइयो।पानीले बिथेलो र यात्रा एक घण्टा ढिलो भैसकेको थियो ।खाजा खाइसकेपछि बिस्तारै घर को बाटो तयायौं।मनहरी कट्दा छ बजी सकेको रहेछ ।सूर्य बिस्तारै लुकिसकेका थिए ।पहाड र के जंगलको आड भएर होला बेलैमा रात छिपिएला झै भान भएको थियो ।बिहान भन्दा गाडीको बेग न्यून थियो ।लामो दुरीका रात्री बस, पानीले ओसिएको सडक , र अध्यारो ले गर्दा बिस्तारै हिड्यौ।
फोनको घण्टी बज्यो पक्कै नै घरको थियो।बेलैमा पुगेर खाना खाई आराम गर्न खोजेको थियो शरिर मन र मस्तिष्कले।
यात्रा हो हतार ले भन्दा पनि होसियार ले चल्नु राम्रो हुन्छ।सोही अनुरुप मनहरी बाट दुई घण्टा लगाएर आठ बजे धनौजी पुग्यौ ।सुर्यलाई बिदाई गरि भित्र पसें।
शरिर थाकेको थियो ।।सरसफाई गरे।आफू गएको काम सफल भयो।आनन्द आयो।बाहिर फेरी बर्षा शुरु भयो।पातलो ओड्ने भित्र म छोपिएँ।

लेखक रेडियो प्रभाव ९२.४ का स्टेशन म्यानेजर हुनुहुन्छ