जेठ ६, २०७५ काठमाडौं :
दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि आइतबार पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न गइरहेको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्न गइरहेको बैठकमा सरकारले सोमबार ल्याउन थालेको नीति, कार्यक्रम तथा बजेटबारे छलफल हुने बताइएको छ। बैठक अपरान्ह ५ बजे बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। बैठकमा सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेट लगायतका विषयमा छलफल हुने बताइएको छ। एमाले र माओवादी मिलेर २०७४ फागुन ३ गते गठन गरिएको जेठ ३ गते पार्टी एक भएपछि अब सरकारमा नेपाल कम्युनिष्ट पार्टीको मात्र एकदलीय सरकार रहेको छ।