मन्त्रिपरिषद दोस्रो बैठकको समय सर्‍यो, साढे ६ बजे बस्दै

Posted by

कात्तिक १७, २०७६ काठमाडौं : साँझ ५ बजेका लागि बोलाइएको मन्त्रिपरिषदको बैठक साढे ६ बजेसम्मका लागि स्थगित गरिएको छ। आइतबार दोस्रो पटक बस्न लागेको मन्त्रिपरिषदको बैठक यसअघि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उक्त बैठकको समय साढे ६ बजेका लागि सारिएको जानकारी दिए। आइतबार बिहान १२ बजे मन्त्रिपरिषद बैठक बसेको थियो। बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा धर्मकान्त बाँस्कोटा र नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा भगवान कोइरालालाई नियुक्त गरेको थियो। दोस्रोपटक बस्न लागेको मन्त्रिपरिषदका बिषयअके हुन् भन्ने स्पष्ट भएको छैन। तर, साँझ बस्न लागेको मन्त्रिपरिषदको बैठक बिहान बसेको बैठकको निरन्तरता भएको बताइएको छ।