मलेखुबाट गुण्डा नाइके राधे हतियारसहित प्रक्राउ

Posted by

 २३ जेष्ठ २०७६, बिहीबार

जेठ २३ – गुण्डा  नाइके राधे भन्ने राधाकृष्ण भण्डारी प्रक्राउ परेका छन् । लामो समय प्रहरीको खोजीको लिस्टमा रहेका भण्डारी हतियारसहित प्रक्राउ परेका हुन् । उनलाई बधबार साँझ धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट पक्राउ गरिएको हो । उनले ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्काएपछि प्रहरीले सोको सूचना पाएपछि घटनास्थल पुगेर उनलाई प्रहरीले प्रक्राउ गरेको हो ।

नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न भएको आरोप लाग्दै आएको छ । प्रहरीले उनलाई प्रक्राउ गर्ने क्रममा प्रहरीमाथि पनि आक्रमणको प्रयास गरेका थिए । उनको आक्रमणबाट प्रहरीको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।