मलेसियामा कार्यरत ६ हजार ३ सय ४३ नेपाली कामदारले दिए स्वदेश फर्कन निवेदन

Posted by

२०७७, २३ जेष्ठ शुक्रबार- मलेसियामा कार्यरत ६ हजार ३ सय ४३ नेपाली कामदारले स्वदेश फर्कन निवेदन दिएका छन्।

नेपाल आउन फर्म भर्नेहरुमध्ये बिरामी र सुत्केरी २ सय १, भिसाको म्याद सकिएका ३ हजार ६ सय ७५, रोजगारी गुमाएका १ हजार ३६, जागिर छाड्न चाहने ९ सय २२, छुट्टीमा जान चाहने एक सय पाँच जना छन्।

यसैगरि डिपोर्टेसन सेन्टरमा २ सय ७६ जना रहेका छन्।