माओवादी केन्द्र भरतपुर २१ पार्वतीपुरमा जनवर्गिय संगठन समिति गठन

Posted by

१२ बैशाख आईतवार चितवन : नेकपा माओवादी (केन्द्र) भरतपुर २१ पार्वतीपुरले आफ्ना जनवर्गिय संगठनहरुको समिति गठन गरेको छ । विस्तारित बैठकले कम्युनिष्ट लिग (वाईसिएल), अखिल नेपाल महिला संघ(क्रान्तिकारी), अखिल नेपाल किसान महासंघ(क्रन्तिकारी), नेपाल राष्ट्रिय उद्योग संगठन, अखिल नेपाल ट्रेड युनियन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल दलित मुक्ति मोर्चा, नेपाल सुकुम्बासी संघ र ज्येष्ठ कम्युनिष्ट मञ्चको समिति गठन गरेको हो ।

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी संगठनमा कमलराज अधिकारीको नेतृत्वमा १३ सदस्य, अखिल नेपाल सुकुम्बासी संघमा कुमारी अरुणको अध्यक्षतामा १९ सदस्य र अखिल नेपाल ट्रेड यूनियन महासंघमा केसर बहादुर केसीको अध्यक्षतामा ९ सदस्य समिति गठन गरेको हो ।

नेकपा माओवादी (केन्द्र) चितवनका अध्यक्ष यमबहादुर परियार प्रमुख अतिथि रहनुभएको विस्तारित बैठकमा जिल्ला कार्यलय सदस्य अन्जन कुमार तिमिल्सिना, भरतपुर महानगर कमिटि अध्यक्ष ईस्वर सापकोटा, जिल्ला सदस्य एवम वडा इन्चार्ज नारायण प्रसाद आचार्य, अखिल नेपाल सुकुमबासि सध केन्दिय उपाध्यक्ष पुष्पा लिम्बू, जिल्ला सल्लाहकार सदस्य बालकृष्ण सुवेदी, योङ्ग कम्युनिस्ट लिग समयोजक मनोजकुमार थापा, कमलराज अधिकारी लगायतले बोल्नु भएको थियो । नन्दलाल ढकालले अध्यक्षता गर्नुभएको कार्यक्रमको सहजिकरण हुमनाथ गौतमले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *