माडीको अयोध्यपुरीमा सेनाको बटुक दलगणद्वारा प्रकृति संरक्षण सम्बन्धि सचेतनामुलक कार्यक्रम

Posted by

सुदिप देवकोटा
चितवन भदौ २५, माडि –

माडी न.पा. ८ अयोध्यपुरी स्थित राष्ट्रिय आधारभुत बिद्यालयको प्राङगणमा सचेतनामुलक कार्यक्रम संचालन गरीएको छ । प्रकृति संरक्षण कार्य सबै जनाको सामुहिक प्रयास भन्ने मुल नाराका साथ संरक्षण कार्यको त्रिकोणात्मक (समुदाय, नेपाली सेना र निकुञ्ज प्रशासन) लाई मुख्य आधार मानी स्थानिय समुदायहरुमा प्रकृति संरक्षण सम्बन्धी चेतनामा अभिबृदि गर्न, संरक्षण कार्यमा अभिप्रेरीत गर्न तथा सहकार्य र समन्वयमा बृदि गर्ने उद्देश्यका साथ सचेतनामुलक कार्यक्रम संचालन गरीएको हो ।


कार्यक्रममा माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाल, माडि न.पा वडाका अध्यक्ष कृष्ण राज अधिकारी, बटुक दल गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठ लगायत बबटुक दल गणका अधिकृत, पदिक तथा अन्य दर्जाहरु, चितवन राष्टिय निकुञ्जका प्रतिनिधीहरु, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी, अयोध्यापुरी बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र प्रसाद पाण्डे, राष्टिय आधारभुत बिद्यालयका प्र.अ. नन्दलाल राय शिक्ष्ँक शिक्षिका तथा बिधार्थिहरु र अभिभावकहरु लगाएत समाजसेवी, बुद्धिजिवि, पत्रकार तथा स्थानियबासीहरु गरी करिब २५० जनाको उपस्थिति रहेको थियो ।


साथै उक्त कार्यक्रममा प्रकृती संरक्षण सम्बन्धी जनचेतनामुलक पावर प्वाईन्ट प्रस्तुतिकरण, चितवन राष्टिय निकुञ्जमा संचालन गरीएका गतिबिधिहरुमा आधरीत डकुमेन्ट्रि प्रदर्शन, प्रकृति संरक्षण सम्बन्धी सचेतनामुलक ना्टक ,चोरी शिकारी तथा निषेध गरीएका अबैध बस्तुहरु ओसारपसार रोक्न निकुञ्जमा प्रयोग गरीदै आएको बिशेष तालिम प्राप्त कुकुरहरुबाट डग डोमेन्ट्रेशन प्रदर्शन , चितवन राष्ट्रिय निकुञ्जमा प्रयोग गरीदै आईरहेको बिभिन्न आधुनिक प्रबिधिहरुबारे जानकारी गराउनुका साथै ड्रोन सम्बन्धी डोमेन्ट्रेशन प्रदर्शन गरिनुको साथै उक्त बिद्यालयमा अध्ययनरत सम्पुर्ण बिद्यार्थीहरुलाई खेलकुद तथा पाठ्य सामाग्रीहरु वितरण गरिएको थियो ।


उक्त बिद्यालयका प्रधानाध्यापक, वडा अध्यक्ष्ँ र माडि नगरपालिकाका मेयर द्वारा चितवन राष्६ि«य निकुञ्ज तथा प्रकृति संरक्षण कार्यको महत्वबारे आफ्नो मन्तब्य राख्नु हुदै संरक्षण कार्यमा सदैव समर्पित रहने संकल्प ब्यक्त गरी उक्त कार्यक्रमको मुक्तकण्ठले प्रशसा गर्दै आगामी दिनहरुमा समेत यस प्रकारको सचेतनामुलक कार्यक्रम संचालन तथा सहकार्यको लागि आब्हान गर्नू भएको थियो । साथै उक्त कार्यक्रमको समापन बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र प्रसाद पाण्डेले गर्नु भएको थियो ।