माडीको गणेशकुञ्जमा बिष सेवन गरी आत्महत्याको प्रयास

Posted by
Image result for poison

चितवन १४ जेष्ठ, २०७६ । पूर्वी माडीको गणेशकुञ्जमा गएराती नातामा साली र भिनाजु पर्ने दुईजनाले बिष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् ।
माडी नगरपालिका वडा नं. ९, गणेशकुञ्ज निवासी मीरा बोट र नारायण बोटले बिष सेवन गरी आत्महत्याको प्रयास गरेका हुन् । दुबैजनालाई बसन्तपुरमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि भरतपुर लगिएको छ । बिष सेवन गरेका दुबैजनाको हाल भरतपुरस्थित सेन्ट्रल हस्पिटलको आई.सि.यु.मा उपचार भइरहेको छ । दुबैजनाको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
बिष सेवनको कारण भने सालीभेनाको प्रेमसम्बन्ध रहेको प्रारम्भीक आशंका गरिएको छ । घरमा श्रीमती र ३ वटा सन्तान हुँदाहुँदै नारायण बोटले आफ्नै साली मीरा बोटलाई घर भित्र्याएका थिए । त्यसपश्चात स्थानीयबासीहरुले दुबैलाई सोमेश्वर प्रहरी चौकी टम्टामा ल्याई छुट्याउने मिलापत्र गरिदिएका थिए । मिलापत्र भएको केहि समयपछि नारायणले बिष सेवन गरेका हुन् । उनले बिष सेवन गरेको थाहा पाएसंगै मीराले समेत बिष सेवन गरेकी थिइन् ।