माडी नगरपालिकाको तेश्रो नगरसभा आज समापन हुदै

Posted by


२६ असार, २०७६ चितवन । माडी नगरपालिकाको तेश्रो नगरसभाको आज समापन गरिँदैछ । आज दिउँसो १ बजे माडी क्याम्पसको सभाहलमा सम्मान कार्यक्रम सहित नगरसभाको समापन गरिन लागेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।
गत असार ९ गते उद्घाटन भएको नगर-सभाको असार १८ गतेबाट बन्दसत्रका बैठकहरु सञ्चालन भएका थिए । बैठकहरुबाट प्रस्तावित नीति तथा कार्यक्रमहरु सामान्य शंसोधन गरी पारित गरिएको नगर कार्यपालिका श्रोतले जनाएको छ । नगरसभाले आगामी आर्थिक बर्ष २०७६/७७ का लागि पारित गरेको नगरपालिकाको नीति, योजना, कार्यक्रम, बजेट, कर तथा अन्य प्रस्तावहरु समापनका सन्दर्भमा सार्वजनिक हुनेछन् । नगरसभाको समापन कार्यक्रममा प्रदेश नं. ३ का साँसद रामलाल महतोको प्रमुख आतिथ्यता रहनेछ ।