माध्यमिक विद्यालय गंगानगरमा नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिइने

Posted by


१६ श्रावण,चितवन ,अपिल घिमिरे
शैक्षिक सत्र २०७७ का लागि माध्यमिक विद्यालय गंगानगरले नयाँ भर्ना प्रक्रिया शुरु गर्ने भएको छ। विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीलाई लक्षित गर्दै प्रवेश परीक्षाको मिति समेत निर्धारण गरिएको छ । बिधालयले शुक्रवार एक सूचना प्रकासित गर्दै यहि श्रावन १८ गते आइतवार प्रवेश परीक्षा लिने जनाएको छ। प्रवेश परीक्षा दुइ सिफ्टमा हुनेछ।जस अन्तर्गत पहिलो सिफ्टमा बिहान ११ वजे कक्षा ६ देखि ९ सम्मका बिद्यार्थीको परीक्षा लिइनेछ।त्यस्तै कक्षा १ देखि ५ सम्मका बिद्यार्थीको परीक्षा दिउँसो २ बजे बाट शुरु हुने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप सुबेदीले जानकारी गराएकाछन।प्रत्येक कक्षामा ३० देखि ३५ जना सम्म मात्र विद्यार्थीलाइ पढाइ गर्ने गरी संख्या निर्धारण गरिएको छ। विद्यालयले कक्षा एकमा ९ जना, दुइमा १३जना, तीनमा ४ जना, चारमा ७ जना, कक्षा पाँचमा तीन जना, छमा छ जना, त्यस्तै गरी कक्षा सातमा ५ जना आठमा ७ र कक्षा ९ मा १० जना नयाँ भर्ना लिइने गरी प्रवेश परीक्षाको तयारी गरिएको विद्यालयका प्राचार्य श्रीराम देवकोटाले वताएकाछन।सिट सिमित भएकाले समयमै आफ्ना बाबु नानि हरुलाइ प्रवेश परीक्षामा सहभागी हुन समेत आह्वान गरिएको प्राचार्य देवकोटाले वताए। नयाँ व्यस्थापन सहित पठन पाठन प्रक्रियालाइ अगाडी बढाइने भएको छ। कोरोन कहरको बिचमा पनि बिद्यालयको भौतिक पूर्वाधार निर्माण तथा सुधारका कार्यहरु,शैक्षिक परामर्श ,शिक्षक हरु विच छलफल ,गोष्ठी, र विद्यालयका आन्तरिक तयारीमा नियमित छलफल भैरहेको साथै कक्षा १० का विद्यार्थी हरुलाई बिशेष कक्षा समेत संचालन गरिएको बिद्यालय जनाएको छ।