माध्यमिक विद्यालय गंगानगरको स्वर्ण महोत्सव तयारी तीव्र, पौष १७ गते स्वास्थ्य शिविर

Posted by


रेडियो प्रभाव
बुधबार, पुस ७, २०७८ गंगानगर-
माध्यमिक विद्यालय गंगानगरको स्वर्ण महोत्सवको तीव्रता बढाइएको छ। वुधबार बसेको उप समिति को बैठकले पौष १७ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको छ।

विद्यालय को प्राङ्गणमा आयोजना हुने शिविर बाट स्थानीय लाभान्वित हुने र महोत्सवको प्रचार प्रसारमा पनि सहयोग पुग्ने महोत्सव मुल आयोजक समितिका संयोजक सुदीप सुवेदीले जानकारी दिएका छन्।

बैठकमा प्रचार लाई व्यापक बनाउने, उप समिति लाई पुर्णता दिने,अनुमानित लागत तयार पार्ने प्रस्ताव लाई छलफल गरी निर्णय गरिएको विद्यालयका प्राचार्य तथा सदस्य सचिव गणेश सुवेदीले रेडियो प्रभाव लाई जानकारी दिएका छन् ।