मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

Posted by

चितवन, कात्तिक १७-

मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ कोे उपाधि महिलातर्फ भरतपुर २१ पार्वतिपुरकि भावना पाण्डेले जितेकी छन् ।

त्यस्तै, प्रतियोगितामा पुरुषतर्फको उपाधि नारायणगढका श्रवण श्रेष्ठले हात पारे भने गैँडाकोटका मनोज तमाङ फस्ट रनरअप भए । प्रतियोगितामा महिलातर्फको फस्ट रनरअप भरतपुर महानगरपालिका–७ की रुपा केसी र सेकेण्ड रनर अप नविना अधिकारी भए । भरतपुरको प्यानोरोमा गार्डेन रिर्सोटमा शनिबार भएको ग्राण्ड फिनाले मार्फत् विजेताहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । उपाधि विजेताले ३० हजार रुपैयाँ, उपहार र अन्य पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै उपाधि विजेताहरुले एउटा म्युजिक भिडियोमा अभिनयको अवसर पाउने प्रतियोगिताकी अध्यक्ष सरिता आचार्यले जानकारी दिइन् । क्रियटिभ इन्साइट मिडिया प्रालिले तीन महिनाअघि प्रतियोगिता सुरु गरेको थियो ।

प्रतियोगिता अवधिभर उत्कृष्ट कला, कौशल प्रदान गर्ने १० जनाले ग्राण्ड फिनालेमा प्रवेश पाएको इभेन्ट म्यानेजर विकास सापकोटाले बताए । प्रतियोगितामा अर्गनाइजर च्वाइस, पब्लिक च्वाइस, वेष्ट ड्रेस, भरतपुरकी सविना गुरुङले जितेकी छिन् । प्रतियोगिताको निर्णायकहरु सूर्य चन्द, अनिता गिरी, विश्वराम कार्की रहेका थिए । मिस्टर एण्ड मिस स्टार चितवन–२०१९को प्रमुख अतिथि भरतपुर महानगरपालिका उपमेयर पावर्ती शाह ठकुरी तथा विशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिकराम पौडेल रहेका थिए ।