मुक्तिनाथ बैकको बार्षीक उत्सबको अवसरमा नर्सरी र एल केजीमा अध्यनरत विद्यार्थीलाइ न्यानो कपडा वितरण

Posted by

रेडियो प्रभाव, १९ पुष २०७८, सोमबार –

मुक्तिनाथविकास बैकको १६ औ बार्षीक उत्सबको अवसरमा न्यानो कपडा स्विटर वितरण गरिएको छ ।
बैकको शाखा कार्यालय पार्बतीपुरबाट सामाजीक उत्तर दायित्व कार्यक्रम अन्तरगत आज अन्न पुर्णा माध्यामिक विद्यालय पार्बतीपुरका नर्सरी र एल केजीमा अध्यनरत ४० जना विद्यार्थीहरुको लागी जाडोमा लगाउने न्यानो कपडा स्विटर वितरण गरिएको हो ।

न्यानो कपडा वितरण कार्याक्रममा विद्यायलय ब्यवस्थापन समतिका अध्यक्ष , विद्यालयका प्रध्यानअध्यापक , अन्नपुर्ण बहुमुखी क्यामपस प्रमुख , पार्बतीपुर बजार ब्यवास्थापन समतिका अध्यक्ष , इलका प्रहरी कार्यालय पार्बतीपुरका प्रमुख , भरतपुर महानगरपालीका वडा न २१ का वडा प्रतीनिधि तथा मुक्तिनाथ विकास बैकको उपक्षेत्रीय कार्यालयका अनुगमन अधिकृत ,नारायणगढ शाखाका शाखा प्रमुख, खोलेसीमल शाखाका शाखा प्रमुख र टाडी शाखाका प्रमुखको उपस्थिति रहेको थियो ।

No description available.
No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *