मेघौँलीमा पाचौँ मेघौँली पर्यटन महोत्सब हुने

Posted by

मेघौँली, फाल्गुन ५

पश्चिम चितवनको मेघौलीमा पाचौँ मेघौँली पर्यटन महोत्सब २०७६ हुने भएको छ । “हाम्रो गौरव ,हाम्रो शान मेघौँली महोत्सब हाम्रो पहिचान” भन्ने नारा सहित हुन लागेको महोत्सब यहि फाल्गुन १८ देखि २४ गते सम्म भरतपुर २८ मेघौँलीको हात्तिपोलो ग्राउण्डमा हुने आयोजक मेघौलि पर्यटन विकास समितिका अध्यक्ष हरिचन्द्र महत्तोले जानकारी दिनुभयो । आयोजकले आज प्रत्रकार सम्मेलन गर्दै विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै बाग्मती प्रदेशका सासंद कृष्ण भुर्तेलले आन्तरिक एवम् वाह्य पर्यटकहरुको मुख्य गन्तव्यको रुपमा विकास भइरहेको मेघौलि बाग्मती प्रदेश कै गहनाका रुपमा लिन सकिने बताउनुभयो । बाग्मति प्रदेशले मेघौली क्षेत्रलाई प्रदेशकै दश पर्यटकिय गन्तव्यको सुचिमा राखेको छ । ऐतिहासिक, साँस्कृतिक, जातिय विविद्यता तथा प्राकृतिक सौन्दर्यताको हिसावले रमणीय रहेको मेघौलिलाई पर्यटकीय गन्तव्य बनाउने साध्यको रुपमा अघि बढाउन महोत्सव गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै भरतपुर २८ का वडाध्यक्ष आस बहादुर कुमालले मेघौलीको विकासको आधार पर्यटन नै भएको बताउनुभयो। उहाँले महोत्सवले मेघौलीको पर्यटन प्रवद्धनमा महत्वपुर्ण योगदान पुग्ने दाबी गर्नुभयो । महोत्सबमा जंगल सफारी, डुंगा सयर ,वर्ड वाचिङ, गोलाघाट सनसेन दृष्यवालोकन लगायतको ब्यबस्था रहने छ । महोत्सबमा स्थानिय थारु, कुमाल, नेवारी , मगर, गुरुङ खानाका प्रकार, स्थानिय नृत्य तथा झाकि प्रस्तुति, वन्यजन्तु सम्बन्धि वृत चित्र प्रदशनि ,स्थानिय कृर्षि उत्पादन, हस्तकला तथा औधोगिक प्रर्दशनि, बाल उधान, बिभिन्न खेलकुदका कार्यक्रम समाबेश गरीएको छ । साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुबाट दैनिक साँस्कृतिक कार्यक्रमहुने आयोजकले जनाएको छ । महोत्सब अबलोकनमा सामान्य ब्याक्तिका लागि ५० रुपयाँ र बिधार्थिका लागि ३० रुपयाँको टिकटको व्याबस्था गरीएको छ ।महोत्सबको आयोजक मेघौली पर्यटन विकास समिति, भरतपुरमहानगर २७, २८ तथा मेघौली उपभोक्ता समिति रहेको छ ।