मैत्रिपुर्ण मलेसियन क्लब विरुद्धको खेलमा नेपाल १-० पराजित

Posted by

भदौ १०, २०७६ विश्वकप छनोटको तयारीमा रहेको नेपालले मलेसियन क्लब जोहोर दारुलविरुद्ध खेलेको मैत्रिपुर्ण खेलमा १-० को हार ब्योहोरेको छ। सोमबार भएको खेलमा मलेसियन लिग च्याम्पियन दारुलले गरेको एक गोलनै निर्णायक बन्यो। नेपाल विरुद्ध खेलको तेस्रो मिनेटमानै फ्रिकीकमार्फत दारुलले अग्रता बनाएको थियो।

उसका लागि निकोलस अलबर्टो फर्नान्डेजले गरेको उत्कृष्ट फ्रिकीक नेपाली डिफेन्डर देवेन्द्र तामाङमा डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो। मलेसियाको लिग च्याम्पियनविरुद्ध सुरुवातमानै गोल खाएपनि नेपाली फुटबल टिम त्यसपछि सम्यमित बनेको थियो। खेलमा केहि अवसरहरु पाएको नेपालले गोल गर्न भने सकेन्। मिडफिल्डर सुजल श्रेष्ठको कप्तानीमा पहिलो पटक मैदानमा उत्रिएको नेपाली टिमले दारुललाई खुलेर खेल्न दिएन्। विश्वकप छनोट अन्तर्गत नेपाले पहिलो खेल कुवेतसँग १९ भदौमा अवे खेलका रुपमा प्रतिष्पर्धा गर्ने छ।