यस कारण म बोरा बोक्छु।

Posted by

कागज,प्लास्टिक,सुर्तीजन्य पदार्थका खोल हरु,काटि,सिसाका टुक्रा, पानि,रक्सीका बोत्तल टिप्दै हिडेको पनि आज ठ्याक्कै ४ बर्ष भएछ ।यति खेर म संचारकर्मीको भूमिका मा छु । स्थानीय रेडियो प्रभाव ९२।४ मेरो थलो हो। समय निकालेर फोहोर जन्य पदार्थ टिपेर बोरामा राख्नु अनि व्यवस्थापन गर्नु प्रिय काम बनेको छ। हामी सडकमा प्लास्टिक टिप्दै हिड्ने बच्चाहरु लाई खातेको संज्ञा दिञ्छौनि,हो हामी पनि ऊनिहरु संगै रमेका छौ।शुरुका दिन एक्लै बोरा बोकेर खोलाको किनारा,सडकको छेउ,स्कूल वरिपरि,बजारका भागहरुमा फोहोर टिपे।कतिले राम्रो हो भन्थे कतिले काम देखाएको पनि भने,कतिले फेसबुकमा राख्न हो पनि भने,तर काम सुरु गरेको रोक्न लाइ नभई निरन्तरताको लागि हो भन्ने हाम्रो बुझाइ हुन्छ। सोहि अनुरुप दिन हरु अघि बढिरहे । स्कूल स्कूल मा पुगेर वातावरण शिक्षा को बारेमा ,बढ्दो प्रदुषण यसका हानी र वातावरण संरक्षण को बिधि बारे जानकारी गराउनु ,बिद्यार्थीलाइ सरसफाई अभियानमा सहभागिता गराउनु प्रमुख कार्य रहिरहेको छ।
वातावरणका तत्वहरु हावा,पानि ,माटो,प्राणिहरु स्वछ र अनुकुल वातावरणमा मात्र जीवित रहन्छन,यी तत्व जीवित रहेमा मात्र मानव जगत को निरन्तरता सम्भव छ।हामीले पर्यटनको कुरा गर्छौं तर प्रकृति प्रदत्त सौन्दर्यता,जीव र यिनीहरुको अस्तित्व रक्षा नगरी पर्यटन सम्भव छैन। दुषित पानी ले जलचर प्राणी मर्ने क्रम रोकिएन ।नदीमा फ्याँकिएका प्लास्टिक,रबर आदीमा अल्झिएर थुप्रै घडियाल गोही मर्न थाले।चरण र उचित आहारको अभावमा गैंडा जस्ता संकटापन्न जीव लोप हुन पुग्छन्।
हामीले वातवरण संरक्षण तथा पर्यटन समिती गठन गरी पटिहानी ,जगतपुर क्षेत्रका सामुदायिक वन वाट सिसा निकाल्ने ,बिद्यार्थीहरु विच वातावरण सम्बन्धि विभिन्न प्रतियोगिता आयोजना गरेका छौं।


राप्ती तटीय क्षेत्र सरसफाई अभियान मार्फत हेटौडाको मनहरी देखि मेघौली गोलाघाट सम्मका सामुदायिक वन क्षेत्र र राप्ती किनार बाट फोहोर संकलन गतिविधि संचालन गरिएका छन्।यस बिचमा भरतपुर महानगरपालिका र स्थानीय वार्ड हरु,होटेल तथा रेष्टुरेन्ट संग समन्वय गरिएको छ।चितवन राष्ट्रिय निकुञ्ज को प्रशासन र सेना हरुको पनि प्रत्यक्ष सहयोग मिलेको छ।
मुलुक भर संचालनमा आएका सरसफाई अभियान जस्तै बागमती सरसफाई,चक्रपथ सरसफाई,वे ग्रुप नेपाल ,आदिमा प्रत्यक्ष सहभागी भएको छु।
एक जना विदेशी पर्यटकले नेपाल र नेपाली सुन्दर छन् तर नेपाल फोहोर छ भन्दा निकै दुख लागेको छ।हुन पनि हामी चकलेट खान्छौं अनि खोल भुइमा फ्याक्छौँ,गाडीमा यात्रा गर्यो झ्यालबाट फोहोर फाल्छौं ,जतापायो त्यतै चुरोट खान्छौं,सुर्ती पुकार खान्छौ र डस्टविन प्रयोग गर्दैनौ। हामी ठुला र चर्का गफ गर्न सक्षम छौ तर आफ्नो घर र वरिपरि सरसफाई गर्दैनौ।घर बाट निस्किएको फोहोर यात जलाउछौ यात खोलामा लगेर बगाइदिन्छौँ। यस ले पार्ने पर्यवारणिय असरको बारेमा मतलव गर्दैनौ।
होटेल र रिसोर्ट हरु प्राय खोला,नदीको किनारमा निर्माण गरिन्छन पर्यटक र व्यवसायी वटा उत्सर्जित फोहोर त्याही नदि किनारमा फ्याँकिन्छ,यसो गर्दा हुने दुर्गन्धले पर्यटन को अवस्था के हुन्छ ? रासायनिक मलको वाध्यता,किटनाशक औषधि,पल्स्टिक जन्य पदार्थको मिसावटले खेतावारिको माटोको गुणस्तर ध्वस्त परिएको छ।

वायु प्रदुषणको चपेटामा हजारौं पन्छी हरू प्रभावित छन्,खोला ,सिमसार र रामसर क्षेत्र सुक्न थाले,हामि यो अवस्थामा कसरि पर्यटन उधोगको सम्भावनाका कुरा गर्न सक्छौं र ? पर्यटन गतिबिधिका कार्यक्रम मेला र पर्व आयोजना गर्दा बाघ ,गैंडाको फोटो ब्यानर बनाइन्छ तर एक पटक पनि यिनको संरक्षण को बारेमा कार्यक्रम गर्दैन्न आयोजकहरु।
यहि पिरलो ले सताउछँ मलाई। गत आइतवार चितवन राइडर्स क्लब को योजना तर्जुमा गोष्ठीमा सहभागी हुने मौका पाएको थिएँ । सो अवसरमा पनि गोष्ठी भर प्रदुषण नियन्त्रणका लागि साइकल को महत्व वारे चर्चा गरिएको थियो।
अब चितवन लाई साइकल हब बनाउने,साइकल टुरिजम को विकास गर्ने यस अभियानमा पुरा साथ् रहनेछु ।
एक दिन मा केहीबेर समय निकालेर पर्यावरण संरक्षण को बारेमा चिन्ता गरौँ।भावी पुस्तालाई स्वस्थ्य पृथ्वी हस्तान्तरण गरौ।
यस अभियानमा थुप्रै साथीहरुको साथ र सहयोग मिलेको छ, सबै साथी र सस्थाँँ हरुलाई धन्यवाद दिन चाहन्छु।आगामी दिनमा पनि संगै सहकार्य गर्ने वाचा।
जय सरसफाई।

अपिल घिमिरे,भरतपुर,चितवन