युएईमा ९५३ जना जेलमुक्त हुँदै

Posted by

वैशाख ३१ –
विभिन्न आरोपमा जेल परेका ९५३ जनालाई युएईले माफी दिने भएको छ । युएईका राष्ट्रपति शैख खालिफा विन जेयाद अल नहयानले ती बन्दीलाई रमदानको अवसरमा जेलमुक्त गर्ने आदेश दिनुभयो । के कस्ता कारणले जेल परेका र कुन देशका नागरिकले माफी पाए भन्ने खुलाइएको छैन ।नयाँ जीवनको सुरुवात र परिवारलाई भार नपरोस भनेर सोमबार राष्ट्रपतिले जेलमुक्त गर्ने आदेश दिएको गल्फ न्युजले उल्लेख गरको छ ।