युरोकप फुटबल छनोटमा स्पेन, पोल्याण्ड र अष्ट्रिया विजयी

Posted by

  • मंगलबार, २८ जेष्ठ, २०७६

काठमाडौं । युरोकप फुटबल छनोटका खेलमा स्पेन, पोल्याण्ड र अष्ट्रिया विजयी भएका छन् ।

गएराति भएको समुह ‘एफ’ को खेलमा स्पेनले स्विडेनलाई ३–० ले हरायो ।

यही समुहको अर्को खेलमा रोमानियाले माल्टालाई ४–० ले हराउँदा नर्वेले फारो आईल्याण्डमाथि २–० को जित निकाल्यो ।

समुह ‘जी’ को खेलमा पोल्यान्डले इजरायललाई ४–० ले हराउँदा स्लोभेनियाले लात्भियालाई ५–० ले तथा अष्ट्रियाले उत्तरी मेसेडोनियालाई ४–१ ले पराजित गर्‍यो ।

युरोकप छनोटअन्तर्गत समूह ‘डी’ को खेलमा डेनमार्कले जर्जियालाई ५–१ ले हराउँदा आयरल्याण्डले जिब्रलटारलाई २–० ले पराजित गर्‍यो ।

समूह ‘बी’ को खेलमा सर्वियाले लिथुआनियालाई ४–१ ले तथा युक्रेनले लक्जेम्वर्गलाई १–० ले हराएका छन् ।

गएराति नै भएका अन्य खेलमा चेक रिपब्लिकले मोन्टेनेग्रोलाई ३–० ले हराउँदा कोसोभोले बुल्गेरियामाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।