यू १९ एशिया कप सेमिफाइनलः अफगानिस्तानलाई नेपालको १०४ रनको लक्ष्य अनिल कुमार साहले बनाए अर्ध शतक

Posted by

१ मंसिर, ।
एसीसी अन्डर नाइन्टिन युथ एशिया कपको सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ ।मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर व्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्‍यो । नेपालले २८ ओभरमा अलआउट हुँदै १०३ रन जोड्यो ।अनिल कुमार साहबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । साहले अर्धशतक बनाए । ५७ बल सामना गरेका उनले एक छक्का र ७ चौकको मद्दतमा ५० रन बनाए ।अन्यले भने दोहोरो अंक जोड्न सकेनन् । जितेन्द्र सिंह १ रनमा आउट हुँदा मोहम्मद आसिफ शेखले एक रन पनि जोड्न सकेनन् ।यसैगरी रोहित कुमार पौडेल ४ रनमा, कप्तान दिपेन्द्र सिंह ऐरी ६, भिम सार्की ६ र पवन सर्राफ ८ रनमा आउट भए ।अफगानिस्तानका उजिर उर रहमानले ६ विकेट लिए ।नेपाल समूह ‘ए’को उपविजेता र अफगानिस्तान समूह ‘बी’को बिजेताको रुपमा सेमिफाइनलमा खेलिरहेका छन् । आजको विजेताले फाइनलमा पाकिस्तानसँग खेल्ने छ । बिहीबार भएको सेमिफाइनलमा बंगलादेशलाई हराएर पाकिस्तान फाइनलमा प्रवेश गरेको थियो ।