रक्तदानको अवसर पारी पार्बतिपुरमा सरसफाई सम्पन्न

Posted by

रेडियो प्रभाब, पार्बतिपुर,पौष २४,

पश्चिम चितवनको पार्बतिपुरमा बिहीवार सरसफाई सम्पन्न गरिएको छ।नेपाल रेडक्रस सोसाइटी उपशाखा र रेडियो प्रभाव ९२.४ भरतपुर २१ पार्बतिपुरको आयोजनामा सरसफाई गरिएको हो।रेडक्रस सोसाइटी उपशाखाको १२ औं वार्षिक साधारण सभा र वृहत रक्तदान कार्यक्रमको प्रचार प्रसार स्वरुप सचेतना मुलक सरसफाई गरिएको रेडक्रस सोसाइटी उपशाखा पार्वतिपुरका सभापति रामचन्द्र अधिकारीले बताउनुभयो।


कार्यक्रममा अन्नपुर्ण मा.वि. का जुनियर रेडक्रस सर्कलका बिद्ध्यार्थीहरु,रेडियो प्रभाव,पार्वतीपुर टोल बिकाश संस्था ,पार्वतीपुर बजार व्यवस्थान समिति लगायतको उल्लेख्य सहभागिता रहेको थियो।झरीको प्रवाह समेत नगरी फोहोर संकलन गरिएको थियो।कार्यक्रमा वार्ड नम्बर २१को कार्यालय परिसर,बजारको मुख्य भाग,अन्नपुर्ण मा वि को गेट क्षेत्र बाट फोहोर जन्य पदार्थ संकलन गरिएको थियो।
सिसा,बोतल,सुर्तीजन्य पदार्थका खोलहरु आदि संकलन गरिएको थियो।आजको सरसफाई कार्यक्रम बाट करिब 300kg फोहोर लाई व्यवस्थापन गरिएको थियो।

अपिल घिमिरे