रगतको अभाव हुन नदिन नारायणगढमा रक्तदान

Posted by

चितवन, असोज २४-

विश्वव्यापी कोरोना भाइरस महामारीको कारणले गर्दा देशव्यापी रगतको आभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै चितवनको नारायणगढमा शनिबार रक्तदान आयोजना भएको छ । कार्यक्रममा ६३ जनाले रगत दान गरेका छन्। उद्योग वाणिज्य संघ चितवनको परिसरमा भएको खुल्ला रक्तदान कार्यक्रममा पुरूष ५९ जना र महिला ४ जना गरी जम्मा ६३ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक भोला लामिछानेले बताए । रोटरी क्लब अफ नारायणगढ, रोट्याक्ट क्लब अफ नारायणगढ, स्पाउज क्लब अफ नारायणगढ रोटरी क्लब र चितवन साइकल राइडर्स क्लबको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो। उक्त कार्यक्रमलाइ नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुर, उद्योग वाणिज्य संघ चितवन र यूथ फर ब्लड चितवनले सहकार्य गरेका थिए ।