रगत अभाव हुन नदिन नारायणगढमा भोलि खुल्ला रक्तदान कार्यक्रम हुने

Posted by

चितवन, असार २६ बिहिबार : चितवनमा रगत अभाव हुन नदिन ग्रेस इन्टरनेशनलसहित ५ संस्थाको आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।
बढ्दो रगतको मागलाई परिपुर्तीका लागि नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको ग्रेसका चितवन प्रमुख गणेश पौडेलले जानकारी दिए ।

ग्रेस इन्टरनेशनलसहित लायन्स क्लव अफ नारायणगढ बालकुमारी, लायन्स क्लव अफ नारायणगढ नारायणी, नारायणी मोटर्स र एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम हुन लागेको हो ।

यही असार २७ गते शुक्रबार शहिदचोकस्थित बजाज शोरुम अगाडि रक्तदान कार्यक्रम हुन लागेको आयोजक ग्रेस इन्टरनेशनलका नारायणगढ प्रमुख गणेश लामिछानेले जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रम विहान ८ बजेदेखी सुरु भई अपरान्ह ३ बजेसम्म चल्नेछ ।
मेडिकल सिटीको रुपमा परिचित चितवनमा दिनप्रति दिन रगतको माग बढ्दै गएको रक्तदान कार्यक्रम आयोजना गरिएको लामिछानेले बताए । यस रक्तदान कार्यक्रम वर्षेनी आयोजना हुँदै आईरहेको छ ।