रतनपुरमा कोरोना बाट प्रभाबित अतीविपन्न परीवर लाई खाध्यन्न सहयोग

Posted by

जेष्ठ २७, पार्वतीपुर,

भरतपुर २१ ,रतनपुरमा बिहिबार कोरोना बाट प्रभाबित अतीविपन्न ४५ घरधुरी लाई खाध्यन्न सहयोग गरीएको छ । भरतपुर २१ घर भई हाल दक्षिण कोरीयाको ख्यालसग्ङमा बस्दै आउनु भएका लक्ष्मी तामाङ, पुर्णिमा तामाङ एब्म ख्यालसग्ङमा रहेका नेपालीहरुको सहयोग मा दैनिक ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्‍न परिवारलाई राहात स्वरुप खाध्यन्न सहयोग गरीएको हो । राहात स्वरुप प्रति घरपरीवर लाई २०kg चामल , १ पोका तेल,मसला ,नुन, बेसार लगाएत गरी एक लाख रुपैँया बराबरको खाध्यन्न सहयोग गरीएको छ । कोरोना कहरको बेला बिदेशमा भएर पनि सामाजिक उत्तरदायित्व बहन गर्दै  राहत सामाग्री वितरण गरिएको ख्यालसग्ङ परिवारले जानकारी दिएको छ । राहत बितरण कार्यक्रमको समन्वयन रतनपुर निवसी कान्छि तामाङ , सुरेस तामाङ, सागर तामाङ, मिलन तामाङ, मेकाना तामाङ लगाएतले गर्नुभएको थियो । कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य रिना गुरुग्ङ, कल्पबृक्ष टोल सुधार समितिका अध्यक्ष दिब अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।