रत्ननगरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

Posted by

 २०७६, २२ पुष मंगलवार चितवन-

रत्ननगरमा गएराति भएको सवारी दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ । गएराति करिब ११ः१० बजेको समयमा रत्ननगर वडा नं. ४ देबैली स्थित भित्री सडक खण्डमा आफ्नै साईडमा रोकी रहेको ना .५.ख ६४४५ नं. को मिनी ट्रकमा सौराहाबाट टाँडी तर्फ आउदै गरेको ना.३८.प ८३२८ नं. मोटरसाइकल पछाडी बाट ठक्कर खाँदा २८/२९ वर्षका जस्ता देखिने नाम नखुलेका मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा सिरियस घाईते भएका ति युवाको उपचारको लागी जिल्ला सरकारी अस्पताल भरतपुर ल्याईएकोमा उपचारको क्रममा राति ११ः३५ बजेनै मृत्यु भएको थियो । अहिले दुबै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।