रत्ननगर नगरपालिकाका मेयर वनलाई कोराना पुष्टि

Posted by

चितवन,असोज २-

चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना पुष्टि भएको छ । भदौ २८ गते स्वाब दिएका मेयर वनलाई बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उनको रिपोर्ट एक सातापछि आएको हो ।

मेयर वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि गत भदौ २८ मा स्वाब दिएका थिए । आफन्तलाई अस्पताल उपचार गर्न लैजाने क्रममा अस्पतालबाटै आफुलाई कोरोना संक्रमण भएको हुन सक्ने मेयर वनको अनुमान छ । स्वाव दिने बेलामा उनीमा केही लक्षण देखिएको भएपनि अहिले उनको स्वस्थ्य अवस्था सामान्य रहेको छ । उनी घरमै बसिरहेका छन् ।