रविका समर्थकहरु र प्रहरीविच चौबिसकोठीमा झडप, केही प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

Posted by

 २ भाद्र २०७६, सोमबार- पत्रकार रवि लामिछानेका समर्थक र प्रहरी बिच चौबिसकोठीमा भर्खरै झडप भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले घोषणा गरेको निषेधित क्षत्रमा प्रदर्शनकारीहरु प्रवेश गर्न खोजेपछी झडप भएको हो । झडपको क्रममा केही प्रदर्शनकारीलाई प्रहरी नियन्त्रणमा लिएको छ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीले रविलाई पक्राउ गरेपछी समर्थकहरुले प्रदर्शन गरिरहेका छन् ।