रवि लामिछानेको समर्थकहरुद्वारा आज चितवन र काठमाडौं बन्दको आह्वान

Posted by

शनिबार चितवन, २०७६ साउन ३२ – पत्रकार रवि लामिछानेको समर्थकहरुले आज (शनिबार) चितवन र काठमाडौं सहित देशभर बन्दको आह्वान गरेका छन् ।’संयुक्त संघर्ष समिती निर्दोष रवि लामिछाने बचाउ अभियान’ ले भोली देशभर बन्दको आह्वान गरेका हुन् । उनिहरुले रवि लामिछानेको रिहाई लगायतका पाँच बुँदे माग राख्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा दिनहुँ प्रर्दशन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।बन्द पछी आज साँझ ५ बजे चितवनको चौविसकोठीदेखि जिल्ला अदालत र काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रर्दशन गर्ने पत्रकार बिनोद त्रिपाठीले फेसबुक मार्फत जानकारी दिए ।

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्‍यु बारे रवि लामिछानेलाई बिभिन्न झुटा आरोप लगाएको भन्दै उनिहरु आन्दोलित भएका हुन् । उनिहरुले पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन नारायगढको होटल कङ्गारोका संचालक सँगको संलग्नतालाई भिडियो बनाई रविलाई फसाउन खोजेको आरोप लगाएका छन् ।

बन्द आह्वानकर्ताहरुले रविलाई खुल्ला रुपमा जनता सामु राखी छानबिन गर्न माग गरेका छन् । यस अघी आजै मात्र पत्रकार पुडासैनीको आत्महत्या प्रकरणको पक्राउ परेका रवि लामिछाने सहित तिनै जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको थियो । शुक्रबार चितवन जिल्ला अदालतमा भएको थुनछेक बहसले ५ दिनको म्याद थप गर्न आदेश दिएको हो ।