रसुवा पहिराे : मृत्यु हुनेकाे संख्या ५ पुग्याे

Posted by

साउन १०,रसुवा –
रसुवाको टिमुरोमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । उहराका क्रममा पहिरोमा परि हराइरहेका ५ जना मध्ये एक जनाको शव भेटिएको रसुवाका डिएसपी सन्तोष तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाउनेमा चार जना सिन्धुपाल्चोक जिल्लाका र एक जना रसुवाका छन् । सिन्धुपाल्चेक भोटेकोशीका श्याम तामाङ, मंगले तामाङ, विक्रम नेवार र रमेश खड्काको ज्यान गएको हो । प्रहरीका अनुसार उनीहरु सबै जना ट्रक तथा भ्यान चालक हुन् । पहिरोले पुरेको होटलमा उनीहरु राति बास बसेका थिए । यस्तै पहिरोले पुरेको अवस्थामा रसुवा गोसाईंकुण्ड गाउँपालिका १ का मिङमार तामाङको शव भेटिएको डीएसपी सन्तोष तामाङले बताउनुभयो । पहिरोमा हराइरहेका अरु ४ जनाको खोजी भइरहेको छ । गए राति गएको पहिरोले पक्की घर, होटल तथा प्रहरीको चेकपोस्ट बगाएको छ । पहिरोमा परेर घाइते भएका सात जना सामान्य उपचार पछि घर फर्किएका छन् भने ५ जना स्वास्थ्यकर्मीको निगरानीमा छन् ।