“राजनितीमा जति बेला पनि आउन सक्छु”:- महानायक

Posted by

 २२ जेष्ठ २०७६, बुधबार

नेपाली सिनेमा क्षेत्रमा महानायक राजेश हमालको लोकप्रियता अहिले पनि कम छैन । कुनै समय पोस्टरमा उनको टाउको राख्दा मात्रै पनि फिल्म चल्ने गथ्र्यो तर अहिले उनै महानायक सिनेमा क्षेत्रबाट टाढा छन् । पछिल्लो पटक सकुन्तला र बाग्मती असफल भएपछि उनलाई फिल्म खेल्न खासै रुची नभएको बताउँछन् । त्यसोत उनलाई फिल्मको अफर भने नआएको होईन तर उनी रियालिटी शो , देश तथा बिदेशका विभिन्न कार्यक्रमहरुमा मात्र व्यस्त रहेका छन् । देशको समसामयिक कुरा र राजनितीमा निकै चासो राख्ने उनै महानायकले आफु कुनै पनि बेला राजनितीमा आउन सक्ने बताएका छन् । नयाँ पत्रिकासंगको कुराकानीमा महानायकले यस्तो बताएका हुन् ।

भर्खरै भारतमा सम्पन्न लोकसभा निर्वाचनमा धेरै बलिउड कलाकार निर्वाचित भए । तपाईंको राजनीतिमा लाग्ने सोच छैन  ? भन्ने प्रश्नमा उनी भन्छन् “मलाई राजनीतिमा चासो छ । राजनीतिक गतिविधि रुचिपूर्वक हेर्छु । तर, सक्रिय राजनीतिमा लागिहालौँ भन्ने मुड छैन । अहिले कलाकारितामा छु । दुवै ठाउँमा हात हाल्नु ठीक होइन । चुनाव लडेका कतिपय भारतीय कलाकारले पछि पछुतो महसुस गरेको सबैलााई थाहा छ । तर, म राजनीतिमा आउनै नसक्ने भन्ने छैन” ।

सक्रिय राजनीतिमा लागिहाल्ने मुड नभएपनि सचेत नागरिकको हिसाबले राजनीतिमा चासो रहेको उनले बताए । राजनीतिकै लागि राजनीति गर्ने उदेश्य आफनो नभएको बताउदै यस्तो राजनितीले व्यक्तिगत स्वार्थ मात्र पूरा गर्ने उनको ठम्याई छ । राजनीतिमा लागेर राष्ट्रलाई अझै केही योगदान दिन सक्छु जस्तो लागेको दिन आफु राजनितीमा आउने बताएका उनले राजनितीलाई आफुले सेवाको रुपमा हेरेको बताउछन् । चुनावमा उठेर जितेको खण्डमा देशमा व्याप्त रहेको भ्रष्टचार कम गर्ने बताउने महानायक प्रधानमन्त्री केपी शर्मा ओलीको निकै ठुला फ्यान हुन् । ओली प्रधानमन्त्री बन्ने लगभग निश्चित हुँदा उनी ओलीलाई भेटन गएर शुभकामना समेत व्यक्त गरेका थिए ।