राप्ती तटीय क्षेत्रको शुभकामना कार्यक्रम, प्रमुख संरक्षण अधिकृत आचार्य लाई स्वागत

Posted by

पटिहानी, ६ कार्तिक
विजयादशमी, दिपावली, छठ लगायतका पर्वको अवसरमा शनिबार स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ। राप्ती तटीय क्षेत्र सरसफाई अभियान को आयोजनामा र वेलशहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह को समन्वयमा कार्यक्रम गरिएको हो। सोही अवसरमा चितवन राष्ट्रिय निकुञ्ज का नवनियुक्त प्रमुख संरक्षण अधिकृत श्री हरि भद्र आचार्य लाई स्वागत गरिएको थियो। स्वागत कार्यक्रममा बोल्दै प्रमुख संरक्षण अधिकृत आचार्यले नयाँ स्थानमा सम्मान र सत्कार प्राप्त भएकोमा आभार प्रकट गरे।साथै प्रमुख संरक्षण अधिकृत आचार्य ले सरसफाई अभियान ले समाज रुपान्तरणमा शन्देश दिनुको साथै वन्यजन्तु सुरक्षित भएर बाँच्न मद्दत पुग्नेमा विश्वास लिएको भन्दै अभियानको निरन्तरताको लागि शुभकामना व्यक्त गरेका थिए। राप्ती नदी सम्म विभिन्न माध्यमबाट विषाक्त पदार्थ मिसावट भएको र जलचर प्राणी लाई असर परेको, वन्यजन्तु को पिउने र नुहाउने पानीको गुणस्तर घटेको ले समस्या बढ्दै गएकोमा आचार्यले चिन्ता प्रकट गरेका थिए।
संरक्षण र मानव वन्यजन्तुको सह अस्तित्व का लागि स्थानीय र प्रशासन विच हतोमालो गर्दै अघि बढ्न सँधै आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले व्यक्त गरेका छन्। आजको आवश्यकता पर्या पर्यटन को प्रवर्द्धन रहेकाले प्रकृति प्रदत्त सम्पत्तिको संरक्षण र पूर्वाधार विकास संगै जानु पर्नेमा सहभागीले जोड दिइएको थिए। पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतो ,पटिहानी पर्यटन समिति का अध्यक्ष शंकर थपलिया, सामुदायिक वन का पूर्व अध्यक्ष एवं सल्लाहकार टेकनाथ तिमिल्सिना, माध्यमिक विद्यालय गंगानगरका अध्यक्ष सुदिप सुबेदी, शोभाखर स्मृति टोल विकास समितिका अध्यक्ष माधव पौडेल,लगाएतले आ आफ्नो भनाई सहित शुभकामना व्यक्त गरेका थिए। बेलशहर मध्यवर्ती सामुदायिक वन का अध्यक्ष चेत बहादुर रानाभाट ले पटिहानी उपभोक्ता समिति, सामुदायिक वन र राप्ती तटीय सरसफाई अभियान को नियमित सरसफाईले स्थानीय मा संरक्षण को चतना बढेको भन्दै कार्यक्रमको औचित्य पुष्टि पारेका थिए। राप्ती तटीय क्षेत्र सरसफाई अभियान का संयोजक तथा कार्यक्रमका सभापति अपिल घिमिरेले नवनियुक्त संरक्षण अधिकृत आचार्य लाई स्वागत गर्दै संरक्षण कार्यमा सँगै रहने जनाए। कार्यक्रममा अतिथि हरुलाई सामुदायिक वनका उपाध्यक्ष नवराज सुवेदीले स्वागत गरेका थिए भने सचिव गिरिधारी पौडेलले सन्चालन गरेका थिए। कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज का सहायक संरक्षण अधिकृत सरोज मणि पौडेल,पूर्व गा वि स अध्यक्ष मधुसुधन सापकोटा, पटिहानी उपभोक्ता समितिका पदाधिकारी, सल्लाहकार लगा‌एकको उपस्थिति रहेको थियो। आजै प्रमुख अतिथि प्रमुख संरक्षण अधिकृत हरि भद्र आचार्यले बेलशहर मध्यवर्ती सामुदायिक वन का विभिन्न स्थानमा हरुमा अवलोकन गरेका थिए।