राप्ती नदी तटीय क्षेत्र सरसफाई,वन्यजन्तु र जलचर प्राणी जोगाउने अभियान

Posted by

मकवानपुर बाट बग्ने राप्ती नदीसंग पूर्वका मनहरी,लोथर मिसिन्छन। सौराहामा बुढी राप्ती ,खगेरी र पश्चिममा केरुंगा खोला मिसिएर बग्ने राप्ती नदी मेघौलीको गोलघाटमा पुगेर नारायणी नदीमा टुंगिन्छ। चितवन राष्ट्रिय निकुञ्जको उत्तर भएर बग्ने यो नदी चितवनको दोस्रो ठुलो जलाधार पनि हो। संकटापन्न घडियाल गोही,कछुवा,को प्रमुख वासस्थानको रुपमा परिचित यो नदी मानिसका सामाजिक,आर्थिक,संस्कृतिक क्रियाकलाप संग पनि निकट रहेको छ। तटीय क्षेत्रमा वसोवास गर्ने मानिसहरु कतिपय यहि नदीमा नुहाउने,लुगाधुने गर्दछन। यहि नदीमा जन्मेका हुर्केका माछा मारेर आफ्नो जीविकोपार्जन गर्ने नदी आश्रित समुदाय पनि यहि छन्। राप्ती नदी र निकुञ्जको प्राकृतिक मनोरम दृश्यलाई आधार बनाएर नदी किनारमा थुप्रै होटेल तथा रेष्टुरेन्ट संचालनमा आएका छन्। राप्तीको वगरमा सयौं को संख्यामा चरण गर्ने मृग र चित्तल का वथान,मयुरका नृत्य,डुब्न लागेको सुर्यको सुनौलो प्रतिबिम्ब,आहाल खेली रहेको गैंडा ,पार तापी रहेका गोही ,स्वदेशी तथा विदेशी चराहरुको क्रिडा लगाएत थुप्रै सौन्दर्यता बोकेर बसेको राप्ती नदी बगेकी छन्।
बाक्लो जनघनत्व र पर्यटकीय क्रियाकलाप बढ्दै जाँदा कन्चन र स्वच्छ राप्ती नदी आज प्रदुषित बन्न लागेको छ। मध्यवर्ती क्षेत्रका वासिन्दा हरुले आफ्ना घरमा प्रयोगमा नआएका प्लास्टिक ,शिशा,पुराना कपडा,टिन आदि लगेर तटीय क्षेत्रमा फ्याक्ने गरेको पाइएको छ। होटेल तथा रेष्टुरेन्ट बाट निस्कने फोहोरजन्य पदार्थहरु समेत रापतिले बोक्न परेको छ। सामुदायिक वनमा घाँस दाउरा गर्न जाने स्थानीयले समेत आफुँ संग लगेका पानीका बोतल ,सुर्ती,चाउचाउ का खोल आदि जंगलमा फल्ने गर्दछन र ति कुनै न कुनै मध्यम बाट नदीमा मिसिन्छन। दाहा संस्कार गरिसके पछि छाडिने मृतकले प्रयोग गरेका सामग्रीहरु बगरमा छरपस्ट देखिन्छन। गिटी, वालुवा ,ढुंगा ढुवानी गर्ने क्रममा हुने दोहन र तिनले सिर्जना गर्ने प्रदुषण कम्ति हानिकारक हुदैन। टेक्टर,टिप्परको आवाजले जनावर तथा जलचर प्राणीको वासस्थानलाई असर गरिरहेको छ। राप्तीको बगर घडियालको क्षेत्र हो। मुलुकका अन्य नदी भन्दा राप्ती नदी यस अर्थमा पनि संवेदनशील छ ।
गैंडा ,बाघ नुहाउने यस नदी प्रदुषित हुँदा उनीहरुमा संक्रमण बढ्न सक्दछ। जलचर प्राणी समेत संकटमा पर्दछन। नदी फोहोर भएपछी डुंगा सयर गर्ने पर्यटक घट्छन। साइबेरिया देखि आउने चार हरु आउन छोड्छन। हाम्रो पर्यटकीय गतिबिधि पनि चौपट हुन्छ। अझ यो भन्दा जटिल त पर्यावरण मा पर्ने असन्तुलन रहने छ। किनारमा भेटिने सिसाका टुक्रा हरुले जनावरलाई चोट पुर्याउन सक्छन। प्लाष्टिकका टुक्रा जनावरका पेट मा पुग्न सक्छन। माछा मार्न प्रयोग गरिने जालमा परेर दुर्लव घडियाल मारिएका छन्। यी सबै हामी मानवले प्रकृति बिरुद्द गरेका अपराध हुन्।
अहि सन्दर्भ लाइ मध्ये नजर गर्दै हामी स्थानीय हरुले २०७२ माघ २३ गते देखि राप्ती तटीय क्षेत्र सरसफाई अभियान संचालन गरि नदी सफाई कार्य गरिरहेकाछौँ।सामुदायिक वनलाई पनि प्लाष्टिक मुक्त बनाउने अभियानमा जुटिरहेका छौं ।हरेक शनिवार बिहान ८ बजे वालक देखि ७५ वर्ष सम्मका वुवा आमा हरु सम्मिलित यो अभियानले पटिहानी ,वरनडाभार,केरुंगा मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनहरु र गाउँ हरुमा पुगेर सचेतना मुलक सरसफाई गरिरहेका छौं।सरक्षण सम्वन्धि दिवस जस्तै सिमसार दिवस ,विश्व वन्य जन्तु दिवस ,वातावारण दिवस आदि दिन हरुमा नियमित कार्यक्रम संचालन भैरहेको छ।राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्रवर्दनमा वन्य जन्तु वाट जोगिन र वन्यजन्तुलाई जोगाउने उद्देस्यले सामुदायिक वन वरपर वस्ने वासिन्दा हरुलाई सम्बन्धित विषय विज्ञ वाट बाघ गैंडा संरक्षण पाठशाला नाम दिएर कक्षा संचालन गरिरहेका छौं।

चितवन राष्ट्रिय निकुञ्ज प्रशासन,प्रकृति संरक्षण शिक्षालय कसरा,स्थानीय निकाय ,नेपाली सेना, तराई भू परिधि कार्यक्रम संरक्षित तथा मध्यवर्ती क्षेत्र आयोजना रत्ननगर ,विभिन्न उपभोक्ता समितिहरु सामुदायिक वन समितिहरु लगायत रेडक्रस ,स्काउट,जस्ता सामाजिक संस्था हरु संग समन्वय गरि सरसफाई र संरक्षणका गतिविधि हरु संचालनमा गरिएका छन्। स्थानीयलाई संरक्षण को संदेश दिन लाइफ आकारको बाघ र गैंडाको पूर्ण कदको मुर्ति निर्माण गरिएको छ। सोहि स्थानमा हरेक बाघ र गैंडा दिवशको दिनमा चेतना मुलक कार्यक्रम पनि गरिदै आइएको छ।राप्तीको किनारमा पर्यटक हरुलाई जथाभावी फोहोर नगर्न विभिन्न मध्यम वाट जानकारी गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको प्लास्टिक मुक्त क्षेत्र घोषण कार्यक्रममा संस्थाले सक्रिय सहभागिता जनाउने अवसर पाएको थियो। भरतपुर महानगरपालिका ले आयोजना गरेको सप्ताह व्यापी सरसफाई कार्यक्रममा हाम्रो संस्थाले एक दिनको कार्यक्रमको मुख्य आयोजक हुने अवसर प्राप्त गरि राप्ती नदि किनारमा भब्य कार्यक्रम आयोजन गरिएको थियो।आगामी दिन पूर्वमा लोथर देखि पश्चिम गोलाघट सम्म सरसफाई अभियान तिव्र पारिने ,सरसफाई मुलक कवय गोष्ठी ,संरक्षण सम्वन्धि निवन्ध प्रतियोगिता,सामुदायिक वन प्लास्टिक मुक्त वनाउने , अन्तर टोल सुधार सरसफाई प्रतियोगिता आयोजना गर्ने लगाएतका कार्य हरु l मुख्य लक्ष्य बनाइएको छ।