राप्ती नदी तटीय क्षेत्र सरसफाईमा बटुकदल कसरा र संरक्षणकर्मी वेलशहरमा

Posted by


२० पौष,चितवन
बटुकदल गण चितवन राष्ट्रिय निकुञ्ज कसराका नेपाली सेना,पटिहानी उपभोक्ता समिति र वेलशहर मध्यवर्ती सामुदायिक वनले वृहत सरसफाई सम्पन्न गरेका छन्। सोमवार राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानले आयोजना गरेको सरसफाई कार्यक्रममा बेलशहर मध्यवर्ती सामुदायिक वनमा सरसफाइ गरिएको हो। वन र राप्ती नदी किनारको करिब तीन किलोमिटर सर्कलमा सफाई गरि सय केजी प्लाष्टिक जन्य पदार्थको संकलन गरी व्यवस्थापन गरिएको छ। मानिसहरूले जथाभावी फोहर फाल्ने गर्दा फोहरले जङ्गल र नदीमा प्रदुषित हुन थालेपछि सफाई अभियान सुरु गरिएको अभियानका संयोजक अपिल घिमिरेले वताएका छन ।वन्यजन्तुले जङ्क फुड्सका खोलहरु खाने गरेको ,शिशा र किलाकाँटीहरु वन्यजन्तुको बासस्थान र हिँड्ने बाटोमा फ्याँकिदा घाइते हुन सक्ने ,नदीमा बसोवास गर्ने जलप्राणी हरु जाल,टायर आदिमा अड्किने ,लगायतका समस्यहरुले गर्दा समेत सफाई गरिरहनु परेको घिमिरेले बताए।
जनचेतना र जन सहभागिता बढाउँदै जाँदा स्था‌‌‌‌‌नीयहरु सचेत जाने र अभियान प्रभावकारी हुने बिश्वाश अभियन्ता घिमिरेले बिश्वाश लिएका छन्। वेल शहर सामुदायिक वन का अध्यक्ष चेत बहादुर रानाभाटले वन क्षेत्रमा पर्यटकले आफूले ल्याएको खानाका खोलहरु घुमेर फर्किदा वनमा नछोडी सँगै फिर्ता ल्याउने नियम प्रभावकारी भएको बताएका छन्। आफ्नो वनलाई प्लाष्टिक जन्य पदार्थ मुक्त क्षेत्र बनाउन नियमित सरसफाई अभियानमा सरिक हुन अध्यक्ष रानाभाटले स्थानीय लाई अनुरोध समेत गरेका छन्। पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतोले सरसफाइमा उपस्थित हुने बटुकदल गण कसराका सेनालाई धन्यवाद दिँदै संरक्षणमा स्थानीयलाई पुर्याएको हौसला प्रति आभार प्रकट गर्नुभयो। सरसफाई हरेक हप्ताको शनिवार बिहान सात बजे आयोजना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *