रामपुर बजारमा अति विपन्न बर्गलाई २ लाख बराबरको खाद्यान्न सहयोग

Posted by


सुदिप देवकोटा,
चितवन, रामपुर बैशाख २७ – अमेरिकामा रहनु भएका बिमला अधिकारि र बिष्नु अधिकारिको आर्थिक सहयोगमा आज रामपुर बजारमा लकडाउनबाट प्रभावित ज्यालादारी मजदुर र अति विपन्न बर्गलाई खाद्यान्न सहयोग गरिएको छ ।


शनिबार आज भरतपुर वडा न १६, १७ र १९ का वडा अध्यक्षहरुबाट रामपुर पार्टी प्यालेसमा अति विपन्न बर्गलाई रु २ लाख बराबरको खाद्यान्न सहयोग गरिएको हो ।


६०० केजि चामल, दाल , नुन , केराउ, तेल लगायत अति आवश्यक खाद्यान्न सहयोग गरिएको छ ।
तोयानाथ घिमिरे र राजकुमार दुलालको ब्यवस्थापनमा भरतपुर १६ रामपुरमा रहेका ज्यालादारी मजदुर र अति विपन्न बर्गलाई खाद्यान्न सहयोग गरिएको थियो ।