राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली अाज सार्वजनिक गर्दै अायोग

Posted by

माघ ७, २०७४ काठमाडौं :
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको नामावली अाइतबार सार्वजनिक गर्दैछ। प्रदेश सांसदको शपथग्रहण सम्पन्न भएलगत्तै अायोगले मतदाता नामावली सार्वजनिक गर्नेछ। शपथग्रहण सम्पन्न भएसँगै नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए। राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र नगरपालिकाका प्रमुख उपप्रमुख गाउँपालिकाका अध्यक्ष\उपाध्यक्ष मतदाता हुने व्यवस्था छ। ५५० प्रदेश सांसद् र ७६६ स्थानीय तहका प्रतिनिधिले राष्ट्रियसभाका लागि सांसद चुन्नेछन्। ५९ सदस्यीय राष्ट्रियसभाका लागि सात प्रदेशबाट अाठ\अाठ सांसद निर्वाचित हुनेछन्। संवैधानिक व्यवस्थाअनुसार बाँकी तीन सा‌सद सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछिन्।