असार ४, २०७७ काठमाडौं : संघीय संसद राष्ट्रिय सभामा आज नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गरिंदै छ। संसद भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्ने बैठकमा नेपालको नयाँ नक्सासहितको निशान छाप सम्बन्धी संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छिन्। दफावार छलफल सकिएलगत्तै विधेयक पारित गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव भरतराज गौतमले बताए। राष्ट्रिय सभाबाट विधेयक पारित भएपछि राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्नेछिन। यस अघि प्रतिनिधि सभाबाट संशोधन विधेयक जेठ ३१ गते सर्वसम्मतिले पारित भएको थियो।